समाचार
चीनबाट आइपुग्यो आठ लाख डोज भेरोसेल खोप
काठमाडौं । चीनबाट आठ लाख डोज भेरोसेल खोप आइपुगको छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार (हिजो) राति १२ बजे आठ लाख दोज खोप नेपाल आइपुगको हो । व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार, नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ...
कर्णालीमा शुक्रबार सार्वजनिक बिदा
कर्णाली । कर्णाली प्रदेश सरकारले भोलि भदौ ४ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिन लागेको हो। प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते...
दुर्घटनामा हेटौंडाका रेग्मीको मृत्यु
मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमना चुरियामाई नजिकै आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको ना ६ ख ४६४१ नम्बरको ओम शक्ति यातायातको बस ब्रेक फेल भई सोही दिशामा गइरहेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई...
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । आफ्नो नेतृत्वमा नयाँ नेकपा एमाले समाजवादी गठन गरेको भोलिपल्ट नेता नेपाल प्रधानमन्त्री देउवा र प्रचण्डसंग भेट गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद...
पहिरोमा पुरिएर एकै परिवारका तीनसहित चार जनाको मृत्यु
काठमाडौं । रसुवाको कोल डाँडा भन्ने स्थानमा आज बिहान साढे ३ बजेको समयमा घरमाथिबाट आएको पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ...
अफगानिस्तानबाट फर्किए २८८ नेपाली
काठमाडौं । परराष्ट्र मन्त्रालयले रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना...
नबिल बैंकले ल्यायो क्यास मेशिन, एटिएमबाटै पैसा जम्मा गर्न सकिने
काठमाडौं । नबिल बैंकको एटिएमबाट रकम झिक्न र जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा सहज र सरल बनाउने उद्देश्यले नबिल क्यास मेशिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ बैंक केन्द्रित हुँदै यस क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र...
बागमती सरकारमा मुख्यमन्त्री शाक्यको यात्रा कति सुरक्षित ?
मकवानपुर । बुधबार नेकपा एमालेको शीर्ष नेतृ अष्टलक्ष्मी शाक्य बोहरा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भइन् । निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसंगै एमालेको एकल बहुमतको सरकार गठनको दावीअनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा...
आज यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने जनाएको छ । महाशाखाले आज न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै...
नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो
काठमाडौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ पुगेको हो । यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने...










