मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
आफ्नो नेतृत्वमा नयाँ नेकपा एमाले समाजवादी गठन गरेको भोलिपल्ट नेता नेपाल प्रधानमन्त्री देउवा र प्रचण्डसंग भेट गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।
