समाचार

भदौ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमार सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा पनि देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने...

मकवानपुरमा आज ९५ जना कोरोना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा आज थप ९५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ९५ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ७९ जना कोरोना...

बागमतीका प्रदेश प्रमुख प्रसाई पदमुक्त हुँदै, माधव पक्षका शर्मा नियुक्त हुने

मकवानपुर । मुख्यमन्त्री फेरिएसंगै बागमती प्रदेशमा प्रदेश प्रमुख पनि फेरिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाएर माधव नेपाल पक्षका यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउने तयारी गरेका छन् । विहिबार बसेको मन्त्रिपरिषद बैठकले शर्माको नाम बागमती प्रदेशको प्रदेश प्रमुखको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस...

जाँदा जाँदै डोरमणि पौडेलले भने : एमाले एकतावद्ध छ

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले ३ वर्षे कार्यकालमा शिर उच्च राख्ने गरी काम गरेको बताएका छन् । बिहिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै निवर्तमान मुख्यमन्त्री पौडेलले आफुले साढे ३ वर्षको कार्यकालमा जनताप्रति उत्तरदायी भएर उल्लेख्य काम गरेको बताएका हुन् । उनले आफ्नो नेतृत्वमा अन्य प्रदेशको...

थप ३०७५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या साढे ४० हजार पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज (बिहीबार) सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो । संक्रमितमध्ये ७३९ जना...

आज नेप्से परिसूचक १८ अंकले घट्यो

काठमाडौं । आजको साताको अन्तिम दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव १७ अंकले घटेर ३ हजार १८१ दशमलव ०८ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २०...

स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने

काठमाडौं । सरकारले वि.सं. २०८० सालसम्म देशभरका सात वटै प्रदेशमा सरकारली मेडिकल कलेज स्थापना गर्ने भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंखया मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारले सो कुराको जानकारी गराएका हुन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले सात वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा...

एमाले फुटेको होईन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटेको नभई केही व्यक्ति मात्रै अलग भएको बताएका छन् । बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने बताए । अध्यक्ष ओलीले भने, ‘एकाध...

कारबाहीमा परेका १४ सांसदलाई पदमुक्त गर्न सभामुख सापकोटालाई एमालेको दबाब

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सभामुख अग्नि सापकोटालाई दबाब दिएको छ । बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका १४ जना सांसदलाई पदमुक्त गर्न दवाव दिएका हुन्...

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा हेटौंडाकी खड्गी पक्राउ

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा हेटौंडाकी ४२ वर्षीया गिता खड्गी पक्राउ गरेको छ । हेटौंडा घर भई ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने खड्कीलाई यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।...