समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो राजविराज नगरपालिका वडा नम्बर १५ विश्वकर्मा चोकमा (हाल नम्वर नखुलेको) मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृत्यु हुनेमा राजविराज वडा नम्बर ११ झलही फर्सैठका २७ वर्षीय विनोद...

दुई दिनमा १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं । चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरीद गरिसकेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार...

हेटौंडाका तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले कुटपिट मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने ३२ वर्षीय यदुकुमार विश्वकर्मा, हेटौंडा–१६ बस्ने ४० वर्षीया राधिका विश्वकर्मा र हेटौंडा–१६ घर भई हाल हेटौंडा–२ मा युनिभर्सल सुन पसल सञ्चालन गरी बस्ने ४८ वर्षीय रामचन्द्र घिमिरे विश्वकर्मा...

एमाले समाजवादी दर्ता नगर्न माग

काठमाडौं । नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरुले आयोग पुगेर दल दर्ता नगर्न भनिएको हुन् । शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६...

महन्थ ठाकुरको पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी’

काठमाडौं । महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार...

हेटौंडाका ८५ जना कांग्रेसमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ८५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हेटौंडा–१७ र १८ नम्वरका वडाका युवाहरु नेकपा एमाले, माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ८५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रम नेपाल तरुण दल हेटौंडा–१८ का अध्यक्ष अशोक केसीको सभाध्यक्षता तथा...

बागमतीको प्रदेश प्रमुखमा शर्मा नियुक्त

काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बागमती प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि बागमती प्रदेश प्रमुखमा विष्णुप्रसाद प्रसाई रहेका थिए । राष्ट्रपति भण्डारीले प्रसाईलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेसँगै यादवलाई नियुक्त गरेकी हुन् । नवनियुक्त प्रदेश...

बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त

मकवानपुर । बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेश प्रमुख प्रसाईलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसको आधारमा प्रसाईलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । अब प्रदेश प्रमुखमा माधव नेपाल पक्षका यादवचन्द्र शर्मालाई नियुक्त गरिने जनाइएको छ । यसअघि...

सुनको गहना चोरी गरेको आरोपमा हेटौंडाका जोशी पक्राउ

मकवानपुर । सुनको गहना चोरी गरेको आरोपलाई प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पिपलबोट नजिकै रहेको मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाख सुन र ७६ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा हेटौंडाका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

सवारी दुर्घटना हुँदा अधिकारीको मृत्यु

काठमाडौं । नवलपरासी (पूर्व) कावासोतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–२ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा ना २ ख ७५५५ नम्बरको ट्रक र लु ४६ प ४७५८ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा एक जनाको मृतयु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–३ का...