सुनको गहना चोरी गरेको आरोपमा हेटौंडाका जोशी पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १४:२७

मकवानपुर । सुनको गहना चोरी गरेको आरोपलाई प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पिपलबोट नजिकै रहेको मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाख सुन र ७६ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा हेटौंडाका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्तिरोड बस्ने ३५ वर्षीय सन्दिप जोशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

जोशीलाई आज (शुक्रबार) हेटौंडा–१२ पदमपोखरीबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।