समाचार
प्रदेशको स्थायी राजधानी हेटौंडा राख्न सफल भएँ : डोरमणि पौडेल
मकवानपुर । बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्न आफु सफल भएको बताएका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपाल ७ नम्वर वडा कमिटिको बृहत युवा भेलालाई सम्बोधन गर्दै पौडेलले मकवानपुरकै केही प्रदेश सदस्यले राजधानी हेटौंडा राख्न नमानिरहेको अवस्थामा समेत आफुले स्थायी राजधानी हेटौंडा राख्न...
भीडभाड नगरी चाडपर्व मनाउन प्रशासनको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व मनाउँदा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रशासनले आग्रह गरेको हो । मकवानपुरमा आगामी भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएकोले...
पाँच हप्तामा ४८ लाखभन्दा बढी नागरिकले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढि नागरिकले कोरोनो विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसअघि झण्डै ३६ लाखले...
मलेसियाबाट ८ जना नेपालीको शव काठमाडौँ ल्याइयो
काठमाडौं । मलेसियामा ज्यान गुमाएका ८ जना नेपालीको शव शनिवार काठमाडौँ ल्याइएको छ । वैदेशिक रोजगारीको क्रममा मेलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ जनाको शव काठमाडौं ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार, ८ जनाको शवसँगै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको छ । मृतकहरू रोजगारीको...
आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै...
अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, शुक्रबार मात्रै १६५ जनाको आगमन
काठमाडौं । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ । शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । हालसम्म ४७० नेपाली काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकाहरुमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक...
चाडपर्व मनाउँदा भिडभाड नगर्न जिल्ला प्रशासन मकवानपुरको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले...
शेयर बजार आगामी साताको दुई दिन बन्द हुने
काठमाडौं । आगामी साताको दुई दिन शेयर बजार बन्द हुने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने शेयर बजार आगामी साता २ दिन सार्वजनिक बिदा परेको हुनाले शेयर बजार बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार, आगामस् साताको आइतबार र सोमबार शेयर बजार बन्द हुन भएको हो...
गुम्ला त माधव नेपालसहित १४ सांसदको पद ?
काठमाडौं । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ । सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेले स्थायी कमिटीको निर्णयबमोजिम गत वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत...
कृषि विकास निर्देशनालयद्वारा खेतबारी सिंचाईलाई प्राथमिकता
मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृति तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले गत आर्थिक वर्षमा किसानका खेतबारी सिंचाई गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले विभिन्न जिल्लाका किसानका ९ सय ४७ हेक्टर नमिनमा सिंचाई सुबिधा पुर्याएको छ । सिंचाई कार्यक्रममा मागमा आधारित सौर्य सिंचाई कार्यक्रम,...









