मलेसियाबाट ८ जना नेपालीको शव काठमाडौँ ल्याइयो
काठमाडौं । मलेसियामा ज्यान गुमाएका ८ जना नेपालीको शव शनिवार काठमाडौँ ल्याइएको छ ।
वैदेशिक रोजगारीको क्रममा मेलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ जनाको शव काठमाडौं ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार, ८ जनाको शवसँगै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको छ ।
मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना, अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ ।
केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ ।
