समाचार

गोली लोड भएको पेस्तोलसहित अन्सारी पक्राउ

सर्लाही । सर्लाहीमा आफ्नै दाजुसंग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन् । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्वर ११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित प्रहरीले पक्राउ गरेको हो । समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै–झगडा भएको...

हेटौंडा उपमहानगरद्वारा बसपार्क क्षेत्रको अनुगमन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बसपार्क क्षेत्रको अनुगमन गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा बसपार्क क्षेत्रको अनुगमन गरिएको हो । बसपार्क क्षेत्रलाई सुन्दर र सफा बनाउँदै व्यवस्थित गर्न उपमहानगरले चासो देखाएको हो । उपमहानगरपालिकाले बसपार्कमा भाडामा लगाएका सटरहरु मर्मत भन्दा पनि पुरै निर्माणका लागि डीपीआर गरेर ठुला भवन...

निर्वाचन संयोजकको जिम्मेवारीबाट अलग भए कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् । थापाले आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । उनले उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर...

खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय बिक्रम तामाङ रहेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १० ग्राम खैरो हेरोइन र...

चेपाङ प्राविमा पुनः चेपाङ

मकवानपुर । मनहरी गाउँपालिका–४ मसिने चिसापानीस्थित चेपाङ प्राविको विद्यालय ब्यवस्थापन समितिका अध्यक्षमा पुनः बिष्णुबहादुर चेपाङ चयन भएका छन् । चेपाङ मनहरी गाउँपालिका–४ का निर्वाचित वडासदस्य पनि हुन् । शुक्रबार विद्यालयमा भएको अभिभावक भेलाले चेपाङलाई अध्यक्षमा चयन गरेको हो । समितिको सदस्यहरुमा मंगलबहादुर मोक्तान, भगवती प्रजा, तुलशी थोकर, नीलमरानी खत्री...

एक सातामा प्रतितोला १५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । एक सातामा सुनको भाउ प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको भाउ प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेको जनाएको छ । अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी...

एमालेका पूर्व अध्यक्ष खनालले भने – म नेकपा एकिकृत समाजवादीको पक्षमा छु

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माधव नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) प्रति आफ्नो पूर्ण साथ समर्थन रहेको उल्लेख गरेका छन् । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका नेता खनालले एमालेमा प्रतिगमनकारी र स्वेच्छाचारीहरु हावी हुँदै गएकोले नयाँ दल दर्ता गरी कम्युनिष्ट विचारधारा...

हेटौंडा–७ का एक सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ का एक सय भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा प्रवेश गरेका छन् । आज (शनिबार) भएको राष्ट्रिय युवा संघ नेपाल ७ नम्वर वडा कमिटिको युवा भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी एक सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश...

पेरिसडाँडामा माओवादी स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । सो बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित भएका निर्णयका सन्दर्भमा छलफल हुने जनाइएको छ । केहीदिन अघि सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले पुस १३–१५ मा राष्ट्रिय भेला गर्ने प्रचण्डको प्रस्ताव पारित गरेको थियो। यस्तै,...

जापान सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आउँदै

काठमाडौँ । जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौँ आइपुग्ने भएको छ । जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सम्ममा काठमाडौँ आइपुग्ने जनाइएको छ । १६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा...