गोली लोड भएको पेस्तोलसहित अन्सारी पक्राउ
सर्लाही । सर्लाहीमा आफ्नै दाजुसंग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन् ।
सदरमुकाम मलगंवा नगरपालिका वडा नम्वर ११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित प्रहरीले पक्राउ गरेको हो ।
समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै–झगडा भएको विषयमा खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
बरामद भएको पेस्तोलको विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ ।
