समाचार
मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । संक्रमणका कारण मनहरी गाउँपालिका वडा नम्वर १ की ९३ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, ती वृद्धाको शनिबार साँझ उपचारको क्रममा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालिन हेटौंडा...
मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने
काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे क्यापपिटलको केन्द्रिय कार्यालयमा हुने जनाएको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो ।...
मेलम्चीका ३४ घर पहिरोको जोखिममा
सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न...
काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो । विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् । अमेरिकी राष्ट्रपति...
बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङका ५५ वर्षीय...
अपहरणमा परेका हेटौंडाका श्रेष्ठ र मगरको उद्दार
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपहरणमा परेका २ जना युवकको सकुसल उद्दार गरी आज परिवारको जिम्मा लगाएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर –९ स्वागतटोल बस्ने बर्ष २३ को गोविन्द्र श्रेष्ठ र सोही स्थानमा बस्ने बर्ष २२ को पवन रानामगरलाई सकुसल उद्दार गरी परिवारको जिम्मा लगाएको हो...
नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग गरेका छन् । जिल्ला सभापतिहरुको काठमाडौंमा बसेको बैठकमा जिल्ला सभापतिहरुले पार्टीका क्रियाशील सदस्यता वितरण र निष्पक्ष बनाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवालाई तीन दिनको अल्टिमेटम दिएका छन् । जिल्ला सभापतिहरुले आगामी भदौ ८...
आइतबार सुनको भाउ घट्यो, प्रतितोला कति ?
काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २००...
हेटौंडाका बर्तौला एनआरएनए क्यानडाको युवा संयोजक
हेटौंडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाको युवा संयोजक हेटौंडाका सुरज बर्तौला भएका छन् । नेपाल कल्चर अफ सोसाइटी ब्रिटिश क्लोम्बियाका बोर्ड अफ डाइरेक्टर , हिन्दु बुद्धिस्ट फाउनडेसनका म्यानेजमेन्ट सदस्य तथा युवा व्यवसायी बर्तौलाले युवा संयोजकको जिम्मेवारी पाएका हुन् । विभिन्न सामाजिक काममा क्रियाशील बर्तौलाले युवा क्षेत्रमा महत्वपूर्ण काम...
विद्युत् प्राधिकरणले ‘उज्यालो र शहर सफाइ अभियान’ संचालन गर्ने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र शहर सफाइ अभियान’ संचालन गर्ने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने जनाइएको छ । यसबाट...










