समाचार

मकवानपुरमा एक महिनामा १७ वटा मोटरसाइकल हरायो

मकवानपुर । मकवानपुरमा एक महिनाको अवधिमा १७ वटा मोटरसाइकल हराएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउन महिनामा मात्र १७ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले हराएको भनि दर्ता भएकामध्ये २ वटा मोटरसाइकल फला पारे र सम्बन्धित मोटरसाइकल धनीलाई बुझाइसकेको जनाइएको...

आज बागमती प्रदेशभर सार्वजनिक विदा

मकवानपुर । बागमती प्रदेश सरकारले आज (भदौ ७ गते) सार्वजनिक विदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाईजात्रा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिएको हो । बागमती प्रदेशमा नेवार समुदायको बाहुल्यता रहेको र प्रदेशभित्र महत्वका साथ मनाइने पर्व भएकाले प्रदेशको...

माओवादी केन्द्रको मकवानपुरगढी ४ नम्बर वडा अध्यक्षमा योन्जन

मकवानपुर । नेकपा माओवादी केन्द्रको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा हेम बहादुर योन्जन चयन भएका छन् । पार्टीको आज (आइतबार) भएको वडा भेलाले योन्जनको संयोजकत्वमा २७ सदस्यीय वडा कमिटी गठन गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी...

माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रकृया अघि बढाउने भएको छ । माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने भएको हो । आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र...

थप १९२० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

अवैध गाँजासहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । उनलाई गएाराति आफ्नै घरबाट १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ...

एमालेद्वारा लुम्बिनी प्रदेशका सभामुख घर्तीको राजनीनामा माग

लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीको राजनीनामा माग गरेको छ । प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएको भन्दै एमालेले सभामुख घर्तीको राजीनामा माग गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्यद्वय...

भीडभाड नगरी चाडपर्व मनाउन सरकारको आग्रह

काठमाडौं । गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ । साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन...

लुम्बिनी प्रदेशसभा सचिवालयले भन्यो – सांसद शाही र वलीलाई कारबाही गर्न मिल्दैन

लुम्बिनी । लुम्बिनी प्रदेशसभा सचिवालयले सरकारमा सहभागि भएका एमालेका सांसद् अजय शाहीलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ । गठबन्धनमा सामेल हुँदै विनाविभागीय मन्त्री भएका शाही हृदेश त्रिपाठी समूहका सूर्य चिन्हबाट निर्वाचित सांसद हुन् । एमालेले सरकारमा सहभागि भएको भन्दै शाहीलाई कारबाही गरेको थियो । सो व्यहोराको पत्र एमालेले प्रदेशसभा...

मकवानपुरमा आज ४१ जना कोरोना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा आज आइतबार ४१ कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलशनमा रहेको ४१ जना आज संक्रमणमसक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार , आज होम आइसोलेशनमा बसेका ३६ जना कोरोना संक्रमणमुक्त भएका...