समाचार
डोरमणि पौडेल नेतृत्वको सरकारद्वारा मापदण्ड विपरित ३३ करोडको गाडी खरिद
मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत सवारीसाधन खरिद गरेको देखिएको छ । प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो । सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन, २०७४...
निर्दोष पत्रकारलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीद्वारा स्वीकार
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकार गरेको छ । प्रहरीले यस घटनामा पत्रकार महासंघ पत्रकार महासंघ रौतहट शाखाकै एकजना पदाधिकारीको संलग्नता रहेको पनि जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज...
पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ
रौतहट । रौतहटबाट पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरज यादव र जितेन्द्र यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले गत साउन ३२ गते पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी...
अझै एक साता मनसुन सक्रिय रहने
काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा...
अफगानिस्तानबाट उद्धार गरिएका सबै नेपालीलाई पोलियो खोप दिइने
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका सबै नेपाली नागरिकलाई पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । उनले भने, ‘अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक हो...
लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई साउन २८ गते मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको...
कोरोना संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु
मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बकैया गाउँपालिका वडा नम्वर ४ की ५६ वर्षीया एक महिलाको मृत्यु भएको हो । उनको आज बिहान हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए । उनका अनुसार...
जापानबाट ५ लाख ५९ हजारभन्दा बढी डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो
काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको ५ लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप सोमबार काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका...
एमालेले बोलायो स्थायी कमिटीको बैठक, रावल, भुसाल र विष्टलगायतका नेताहरु सहभागि हुने
काठमाडौँ । नेकपा एमालेले भोलि मंगलबारका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ । भोलिको बैठकमा एमाले एकताका पक्षधर नेताहरु पनि सहभागि हुने बुझिएको छ । नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको...
लुम्बिनी प्रदेशसभाः एमालेको नाराबाजीले संसद् अवरुद्ध
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । आफ्नो चुनाव हिन्हबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेको भन्दै एमालेले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो । सभामुख घर्तीले भने उनीहरु एमाले...










