लुम्बिनी प्रदेशसभाः एमालेको नाराबाजीले संसद् अवरुद्ध
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ ।
आफ्नो चुनाव हिन्हबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेको भन्दै एमालेले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।
सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय गरिसकेका छन् । एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।
बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेको थियो । उनीहरले नाराबाजी गर्दै रोष्टम घेरे ।
एमालेले सांसद विमला क्षेत्री वली र अजय शाहीलाई पदमुक्त नगरेसम्म संसद् चल्न नदिने अडान लिएको छ ।
