समाचार
‘अष्टलक्ष्मी शाक्य मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो’
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नै सहमतिमा बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । आज (मंगलबार) चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले शाक्य आफ्नै सहमतिमा प्रदेशको मुख्यमनत्री बनेको बताएका हुन् । नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ...
उपाध्यक्षज्यूलाई हाम्रो कारणले असुरक्षा छैन, यतिसम्म गिर्नुहुन्छ भन्ने लागेको थिएन– अध्यक्ष उप्रेती
मकवानपुर । गएको भदौ ५ गते मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार सम्मेलन गर्दै आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि जनप्रतिनिधि र राजनीतिक बृत्तमा एक किसिमको तरङ्ग नै पैदा भयो । आफुमाथि कार्यपालिकाका सदस्य र जनप्रतिनिधिले आगामी दिनमा जुनसुकै घटना घट्नसक्ने संकेत गरिसकेको भन्दै उनले ज्यान जोगाइदिन अपिल गरेकी थिइन्...
सवारी दुर्घटनामा ९ वर्षीया बालिकाको मृत्यु
सप्तरी । सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा आज बिहान भएको सावरी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६९५६ नंको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नको ट्रकले पछाडिबाट ठक्कर दिँदा...
गैँडा तस्करीको आरोपमा मकवानपुरका नेपालीसहित पाँच जना पक्राउ
मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । निकुञ्जले गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको मकवानपुरका एक जनासहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । निकुञ्जका अनुसार, पक्राउ पर्नेहरुमा मकवानपुरको...
राप्रपा मकवानपुरको प्रवक्तामा अधिकारी चयन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको प्रवक्तामा बिशभ अधिकारी चयन भएका छ । राप्रपा मकवानपुरको सोमबार बसेको बैठकले जिल्ला कार्यसमिति सदस्यसमेत रहेका अधिकारीलाई प्रवक्तामा चयन गरेको हो । बैठक राप्रपा मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षता तथा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य मधु अधिकारीको प्रमुख आतिथ्यतामा बसेको हो...
मकवानपुरका पौडेलको ‘गिलासवाद’ विमोचन
मकवानपुर । मकवानपुरका व्यङग्य लेखक गाविन्द पौडेलको हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ विमोचन गरिएको छ । सोमबार गाइजात्राको अवसर पारेर पहिलो कृति गिलासवादको विमोचन गरिएको हो । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा भएको एक कार्यक्रममा पौडेलको हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ विमोचन गरिएको हो । कार्यक्रम सिस्नुपानी नेपाल...
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको भाउ बढाएको हो । भारतीय आयल निगमले तेलको मूल्य बढाएर पठाएकोले पेट्रोलियम पदार्थमा मूल्य बढाएको जनाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेल...
इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार
काठमाडौं । इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको दोस्रो हप्तापछि लिखित परीक्षा लिने तयारी समेत गरेको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी...
पत्रकार महासंघ केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा आजबाट सुरु
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आतिथ्यतामा केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा आजबाट सुरु भएको छ । पत्रकार महासंघको निर्वाचनपछि पहिलो पटक भौतिक उपस्थितिमा हुन लागेको सो बैठक आजबाट दामनमा बस्दैछ । भदौ ८,९ र १० गते ३ दिनसम्म संचालन हुने बैठकले पत्रकार महासंघको आगामी ३ बर्षको कार्यायोजना...
आज मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा केही दक्षिण तिर रहेको छ । महाशाखाका अनुसार, देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका...










