मकवानपुरका पौडेलको ‘गिलासवाद’ विमोचन

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार ०९:११

मकवानपुर । मकवानपुरका व्यङग्य लेखक गाविन्द पौडेलको हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ विमोचन गरिएको छ । सोमबार गाइजात्राको अवसर पारेर पहिलो कृति गिलासवादको विमोचन गरिएको हो ।

साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा भएको एक कार्यक्रममा पौडेलको हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ विमोचन गरिएको हो ।

कार्यक्रम सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता तथा मकवानपुरका वरिष्ठ व्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता भएको हो ।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले गिलासवादमाथि परिचर्चा तथा टिप्पणी गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु रामचन्द्र आचार्य फुर्सती, तुलसी घिमीरे, मुक्ति गोविन्द वैद्य, देवराज खरेल, रमेशमोहन अधिकारी, माधव पोखरेल, सुवास खनाल, अनिता न्यौपाने, सिएम रिमाल लगायतको आतिथ्यता रहेको थियो ।