कोरोना संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु
मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट बकैया गाउँपालिका वडा नम्वर ४ की ५६ वर्षीया एक महिलाको मृत्यु भएको हो ।
उनको आज बिहान हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।
उनका अनुसार ती महिलामा गत साउन २८ गते कोरोना संक्रमण पुष्टि भई उपचारको लागि साउन ३२ गते हेटौंडा अस्पतालमा भर्ना भएकी थिईन् ।
मृतक महिलाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएकी थिईन् ।
यससँगै मकवानपुरमा कोरोना संक्रमणका कारण मत्यु हुनेको कूल संख्या १ सय ५८ पुगेको छ ।
