अफगानिस्तानबाट उद्धार गरिएका सबै नेपालीलाई पोलियो खोप दिइने
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका सबै नेपाली नागरिकलाई पोलियो खोप लगाइने भएको छ ।
अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
उनले भने, ‘अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक हो । त्यो संक्रमणबाट बचाउन पोलियो खोप लगाउने व्यवस्था सरकारले मिलाएको हो’
नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार गरिने सबै नागरिकलाई पोलियो खोप लगाउन लागिएको गौतमले बताए ।
उनीहरुलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको हो ।
