आज बागमती प्रदेशभर सार्वजनिक विदा
मकवानपुर । बागमती प्रदेश सरकारले आज (भदौ ७ गते) सार्वजनिक विदा दिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाईजात्रा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
बागमती प्रदेशमा नेवार समुदायको बाहुल्यता रहेको र प्रदेशभित्र महत्वका साथ मनाइने पर्व भएकाले प्रदेशको मन्त्रिपरिषद्ले गाईजात्रा पर्वका दिन विदा दिने निर्णय गरेको हो ।
यसअघि काठमाडौं उपत्यकामा मात्र बिदा दिइँदै आएकोमा नेपाल सरकारले पनि काठमाडौं उपत्यकामा सार्वजनिक विदासहित देशभरका नेवार समुदायलाई विदा दिने निर्णय गरेको छ ।
साथै यो वर्षदेखि बागमती प्रदेश सरकारले पनि प्रदेशभर विदा दिइएको हो । बामगती प्रदेशको राजधानी हेटौंडामा गाईजात्रको अवसरमा आज बिहान प्याली गरिने भएको छ ।
