हेटौंडा उपमहानगरद्वारा बसपार्क क्षेत्रको अनुगमन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बसपार्क क्षेत्रको अनुगमन गरेको छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा बसपार्क क्षेत्रको अनुगमन गरिएको हो ।
बसपार्क क्षेत्रलाई सुन्दर र सफा बनाउँदै व्यवस्थित गर्न उपमहानगरले चासो देखाएको हो ।
उपमहानगरपालिकाले बसपार्कमा भाडामा लगाएका सटरहरु मर्मत भन्दा पनि पुरै निर्माणका लागि डीपीआर गरेर ठुला भवन निर्माण गर्न सकिने उपमहानगरले जनाएको छ ।
बसपार्कमा उपमहानगरपालिकाको ठुलो जग्गा भएकाले यसको पुन निर्माण गरेर भाडामा लगाउन सकेमा स्थानीय सरकारको ठुलो आमदानीको श्रोत वन्न सक्ने जनाइएको छ ।
