सवारी दुर्घटना हुँदा अधिकारीको मृत्यु
काठमाडौं । नवलपरासी (पूर्व) कावासोतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–२ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा ना २ ख ७५५५ नम्बरको ट्रक र लु ४६ प ४७५८ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा एक जनाको मृतयु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–३ का २१ वर्षीय अमर अधिकारी रहेका छन्।
मोटरसाइकलको पछाडि बसेकी सोही ठाउँकी १९ वर्षीया ममता खाँण घाइते छिन् । उनको नवलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
