समाचार

नगद डेढ लाख र लागुऔषधसहित युवक पक्राउ

धनगढी । कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरी बस्ने २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यका ५ चुनौती

मकवानपुर । करिब ५ दशकदेखि राजनीतिमा सक्रिय अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बन्दै संघीयता कार्यान्वयन गर्ने तहमा पुगेकी छन् । पार्टीभित्र स्पष्ट बहुमत रहँदा ४२ महिना ७ दिन सत्ता चलाएका डोरमणि पौडेलले बुधबार रातिबाट सत्ताको साँचो आफ्नै पार्टीकी उपाध्यक्ष शाक्यलाई जिम्मा लगाएका हुन् । एमाले विभाजन भई त्यसको पूर्ण असर...

आजको मौसमः धेरै स्थानहरूमा वर्षाको सम्भावना

मकवानपुर । नेपालमा हाल मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज...

हेटौंडाबाट मगर पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरोहेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित बैंकरोडबाट एक ग्राम लालूऔषध खैरोहेराइनसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ बस्ने ३१ वर्षीय सुदिप मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जरीवाना

मकवानपुर । मकवानपुर प्रहरीले बुधबार निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ३२ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ३२ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

बागमती प्रदेशमा भदौ ७ गते सार्वजनिक बिदा

मकवानपुर । बागमती प्रदेश सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशमा प्रमुख रुपमा मनाइने गाइजात्रा पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका शाखा अधिकृत पेसल कुमार पोखरेलले बुधबार एक सूचना जारी गर्दै सो...

नयाँ दलले मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नहुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी ९जसपा० बाट छुट्टिएका दुई समूहले निर्वाचन आयोगबाट दलको मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नहुने भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा...

विभिन्न पार्टी परित्याग गरे २ सय ८७ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रको राक्सिराङ गाउँपालिकाका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी २ सय ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, माओवादी (केन्द्र), राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा एमालेबाट...

गैर-जिम्मेवार डोरमणि पौडेल, निषेधाज्ञा उल्लंघन गर्दै लावालस्कर

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी निवास छाडेका छन् । एमाले हाइकमाण्डको निर्देशनअनुसार पदबाट राजीनामा दिन बाध्य भएका मुख्यमन्त्री पौडेलले विहिबार दिउँसो १२ बजे सरकारी निवास छाडेका हुन् । माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरेपछि स्पष्ट अल्पमतमा परेको एमाले सरकार टिकाउन अध्यक्ष केपी शर्मा...

भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध

मकवानपुर । मकवानपुरको भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकामा पर्ने पान्द्राङस्थित माथिबाट पहिरो खस्दा याताया अवरुद्ध भएको प्रहरी चौकी भैसेले जनाएको छ । पहिरोका कारण भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदीतर्फ जाने सवारीसाधनका यात्रुहरु समस्यामा परेका छन् । भैसे प्रहरीका अनुसार, उक्त पहिरो हटाउने काम...