भदौ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा पनि देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
साथै उक्त बैठकले काठमाडौं– तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरूको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।
