मकवानपुरमा आज ९५ जना कोरोना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ भाद्र ३, बिहीबार १८:२५
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप ९५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ९५ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ७९ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ६ जना, मकवानपुरगढी, मनहरी, बागमती, भीमफेदी, र राक्सिराङ गाउँपालिकाका १÷१ जना, बकैया गाउँपालिकाका ५ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार ९ सय ७५ जना पुगेको छ ।

त्यस्तै, जिल्लामा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज १७८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २७ जना, थाहानगरपालिकाका ४ जना, मनहरी र बकैया गाउँपालिकाका १/१ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म १४ हजार ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५६ जना पुगको छ । जिल्लामा आज भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।