थप ३०७५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या साढे ४० हजार पुग्यो

तु खबर संवाददाता
२०७८ भाद्र ३, बिहीबार १६:५९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज (बिहीबार) सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो ।

संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको छ । तीमध्ये हालसम्म ६ लाख ९१ हजार २९९ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।