अपडेटः संसदीय दलको नेता परिवर्तन गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाइयो

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १७:५३

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता परिवर्तन गरिएको पत्र बागमती प्रदेशसभा सचिवालयको कार्यालयमा पठाइएको नेकपा एमालेका प्रमुख सचेत दीपक निरौलाले जानकारी दिएका छन् ।

बुधबार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बसेको संसदीय दलको बैठकमा पौडेल स्वयमले नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए ।

उनको प्रस्ताव बहुमतले पारित गर्दै नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गरी प्रदेशसभा सचिवालयमा परिवर्तनको सूचनासमेत पठाइसकिएको प्रमुख सचेतक निरौलाले बताए ।

आजै मुख्यमन्त्री पौडेलले राजीनामा दिने र प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नेसमेत उनले बताए ।