मकवानपुरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १५:०२
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ६५ वर्षीय पुरुष रहेको हेटौंडा अस्पताका सूचना अधिकारी राजिव झा. ले जानकारी दिए ।

गत साउन २७ गते कोरोना पुष्टि भएको ती पुरुष थप उपचारको लागि गत साउन २९ गते हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।

उनको मंगलबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ सय ५६ जना पुगेको छ ।