प्रधानमन्त्री र डा. केसीबीच बालुवाटारमा भेटवार्ता

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १७:४६

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र डा. केसीबीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको हो ।

यसअघि डा.केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । उनको अल्टिमेटम सकिन दुई दिन बाँकी छ ।

निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा.केसीले विरोध जनाएका थिए ।