थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १७:५७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४ सय ५६ र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, आज देशभर एक हजार ९२९ जना संक्रमणमुक्त भएका छन् भने २७ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ५७५ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा ३ हजार २९६ भने ७९० जना आइसियुमा र १९१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४१५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।