भेटेरिनरी अस्पतालद्वारा वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक
मकवानपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले आर्थिक वर्ष २०७८/०७९ को लागि स्वीकृत कार्यक्रमहरु सार्वजानिक गरेको छ ।
सोमबार केन्द्रका वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जिल्लामा रहेका पशुपन्छीका तथ्याङ्क, केन्द्रले मकवानपुरका स्थानीय तहमा गरेका कामसहित आगामी कार्यक्रमहरुबारे जानकारी दिएका हुन् ।
केन्द्रले यस वर्ष ४ करोड ८४ लाखको बजेट अनुरुप काम गरिने बताउदैं केसीले चौमासिक रुपमा चरणबद्ध कार्यक्रम, तालिम गोष्ठीसहित केन्द्र आफैं उपस्थित भइ कृषकसँग विभिन्न पशुसँग सम्बन्धित कामहरु गरिने उनले बताए ।
उनका अनुसार, केन्द्रले पशु प्रजनन् सेवा कार्यक्रम, तथ्याङ्क संकलन, कृषि कर्जा, व्यवसायिक बंगुरपालन, बाख्रा, गाईभैंसीपालन लगायतका कार्यक्रमहरु रहेको र मत्स्य क्षेत्रको विकास, जैविक सुरक्षा तथा फार्म सुदृढिकरण कार्यक्रम, पशु आहारा विकास कार्यक्रम, पशुपन्छी रोग नियन्त्रण जस्ता कार्यक्रमसमेत सांलन गर्नेछ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देलसहित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिती रहेको थियो ।
