हेटौंडाका सुवेदी प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध मुद्दामा फरार हेटौंडाका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ३० वर्षीय श्रीकृष्ण सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार, सुवेदीलाई आज (सोमबार) हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बाट पक्राउ गरेको हो ।
सुवेदीलाई मकवानपुर जिल्ला अदालत हेटौंडाको फैसलाले लागुऔषध मुद्दामा १८ दिन कैद र दुई हजार रुपैयाँ जरीवाना भुक्तान गर्न भनिएको थियो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ ।
