दुर्घटनामा बोहरासहित दुई जनाको मृत्यु
बाँके । बाँकेको गाभरमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बिहान ८ बजेको समयमा राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, दुर्घटनामा परी बर्दिया बाँसगढी निवासी चेतन बोहोरा र प्रदीप चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणको लागि अस्पतालमै राखिएको छ र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
