माओवादीका दर्जन कार्यकर्ता एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार ०९:२४

मकवानपुर । नेकपा माओवादी (केन्द्र) मकवानपुरको एक दर्जभन्दा बढी नेता तथा कार्यकता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आईतबार हेटौंडा पुष्पदाद पार्कस्थित एमाले पार्टी कार्यालयमा भएको एक कार्यक्रमबी नेकपा माओवादीका नेता सञ्चबहादुर प्रजासहित एक दर्जन कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन् ।

यसैगरी, माओवादी तथा कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी अभिशेक चेपाङ, बनी राना चेपाङ, दिपक चेपाङसहित दर्जन कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्ने राक्सिराङ वडा नम्वर ६ र ८ का दर्जन युवाहरु हुन् ।

उनीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर राना, संविधानसभा सदस्य एवं एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएतले स्वागत गरेका हुन् ।