बागमती प्रदेशमा ११ लाखले पाए पूर्ण खोप
मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्धको पूर्ण खोप झण्डै ११ लाख नागरिकले लगाएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा हालसम्म १० लाख ८२ हजार ३ सय ९० नागरिकले कोरोना संक्रमणविरुद्धको पूर्ण लगाएको जनाएको छ ।
मन्त्रालयको तथ्याङ्कमा हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो । प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।
सरकारले खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा भेरोसेल खोपमध्ये कुनै खोपका दुवै डोज र जोन्सेन एण्ड जोन्सन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी १८ वर्ष भन्दामाथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा खोप लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २ सय २ रहेको छ ।
