समाचार
ट्रक दुर्घटनामा परी थाहा नगरका वडा सदस्य प्रधानको मृत्यु
मकवानपुर । जिल्लाको थाहा नगरपलिका वडा नम्वर १ का वडा सदस्य सुन्दर प्रधानको दुर्घटनामा परी मृत्यु भएको छ । गएराति त्रिभुवन राजपथको पालुङ नौबिसे सडकखण्डमा भएको ट्रक दुर्घटनामा परी वडा सदस्य प्रधानको मृत्यु भएको हो । पालुङबाट काठमाण्डौंतर्फ जाँदै गरेको तरकारी बोकेको ना ५ ख ८६४२ नम्वरको ट्रक गएारति...
ग्रामीण महिला सेवा केन्द्रको २० औं वार्षिक साधारणसभा हेटौंडामा सम्पन्न
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको २० औं वार्षिक साधारणसभा हेटौंडामा सम्पन्न भएको छ । साधारणसभा केन्द्रका अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुरमहतको प्रमुख आतिथ्यतामा बिहिबार सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै मेयर महतले यस संस्थासँग विकट क्षेत्रमा सहकार्य गरेर काम गर्न तयार रहेको...
मन्त्रालयको भागवण्डा मिलाउन बालुवाटारमा बैठक जारी
काठमाडौँ । सरकार गठन भएको महिनौँ बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको विषयमा छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सो विषयमा छलफल गर्न सरकारको साझा न्युनतम कार्यक्रम कार्यदलको बैठक जारी छ । बैठकमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने...
निजी औषधि पसलमा कोरोनाको खोप बरामद, दुई जना पक्राउ
जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा कोरोनाविरुद्धको खोप भेटिएको छ । जिल्लाको शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोनाविरुद्धको खोप भेटिएको हो । शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा सो औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान...
थप १५११ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ हजार...
माधव नेपाललाई एमालेमा फर्किन अष्टलक्ष्मी शाक्यको आग्रह
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेकी छन् । बिहिबार एमाले काठमाडौं जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालेमा नै फर्किन आग्रह गरेकी हुन् । उनले माधव नेपाल आफूहरुको नेता भएको र एमाले बनाउन...
राप्रपाको जिल्ला अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थपियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला तहसम्मको अधिवेशन गर्ने समय थप गर्ने निर्णय गरेको छ । बिहिबार पार्टीका त्रय अध्यक्षहरु क्रमशः प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापाको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको हो...
मकवानपुरमा थप ३६ जना कोरोनामुक्त, कुल संख्या १४६६० पुग्यो
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा होम आइसोलेशनमा बसेका ३४ जना र संस्थागत आइसोलेशनमा...
मकवानपुरकी माझी मृत अवस्था फेला
मकवानपुर । मकवानपुरको बकैयामा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । गएराति बकैया गाउँपालिका वडा नम्वर ५ की ५५ वर्षीया जसमायाँ माझी आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, माझी आफु सुत्ने कोठाको निदालमा नाम्लोको पास...
दुर्घटनामा थाहा नगरपालिका १ का वडा सदस्यको मृत्यु
धादिङ । त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधान रहेका छन् । गएराति पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक थाँक्रे गाउँपालिका–८...










