समाचार

माधव नेपाल एमालेमै फर्कनुहुन्छ – योगेश भट्टराई

मकवानपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुरानै दलमा फर्कने दावी गरेका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बोल्दै भट्टराईले माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेको भएपनि उनले पार्टीभित्र पर्याप्त छलफल नगरी नयाँ दल...

मनहरी बागमती प्रदेशकै सबैभन्दा बढी कानून निर्माण गर्ने गाउँपालिका– अध्यक्ष उप्रेती

मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले आफुहरुले बागमती प्रदेशकै सबैभन्दा बढी ऐन, कानून, नियमावली तथा कार्यविधि निर्माण गरेको दावी गरेका छन् । सिडिओ नेपालद्वारा मनहरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले कानून निर्माण गर्ने सन्दर्भमा मनहरी प्रदेशकै अब्बल भएको बताए । उनले भने, ‘हामीले यो चार बर्षको...

चीनबाट आइपुग्यो थप ४४ लाख डोज खोप

काठमडौं । चिनबाट थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप आज (शुक्रबार) दिउँसो नेपाल आइपुगेको हो । स्वास्थ्य सेवा विभागको अनुसार, उक्त परिणामको खोप दिउँसो २ बजे उडानमार्फत त्रिभुवन विमानस्थल आइपुगेको हो । नेपालले...

ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक चालकको हाल नामथर खुलेको छैन । सोही दुर्घटनामा...

हेटौंडा उपमहानगरपालिकाबाट एक वर्षमा ७४७४१ वटा सिफारिस

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गत आर्थिक वर्षमा झण्डै ७५ हजार वटा सिफारिस भएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न प्रकारका ७४ हजार ७ सय ४१ वटा सिफारिस गरेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले नागरिकतासँग सम्बन्धित ७ हजार ७ सय ७२ वटा, चौहद्दीसँग सम्बन्धित १० हजार ५० वटा,...

हेटौंडामा असोज ७ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा आगामी असोज ७ गतेदेखि ९ गतेसम्म ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाका वडास्तरीय प्रतियोगिता हुन लागेको हो । भनावनादेवी स्मृति ब्याडमिन्टन प्रतियोगिता २०७८ मा डबल्स नकआउट जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता र खुल्ला उमेर समूहमा हुन लागेको प्रतियोगिता संयोजक सुरेन्द्र प्रधानले जानकारी दिए । ७ गतेदेखि ९...

महिला मिलन सहकारीको २१ औं वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिबार संस्थाको अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कोरोना संक्रमितको संख्या घटेपनि जोखिा कायमै रहेका...

आज विश्वकर्मा पुजा गरिँदै

मकवानपुर । आज आश्विन सङ्क्रान्तिका दिन कालिगढले विश्वकर्माको पूजा आराधना गरी यो पर्व मनाउँदै छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको...

बागमती आधारभूत विद्यालयको नवनिर्मित १० कोठे भवन उद्घाटन

मकवानपुर । जिल्लाको बागमती गाउँपालिका वडा नं ५ स्थित बागमती आधारभूत विद्यालयको नवनिर्मित १० कोठे भवनको उद्घाटन गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको बिहिबार एक समारोहबीच उद्घाटन गर्नुको साथै साँचो हस्तान्तरण गरिएको हो । बागमती गाउँपालिका–५ लितिखोला, बगेरी स्थित बिकट माझि बस्तिमा भारत सरकारको...

आज विश्वकर्मा पूजा मनाइँदै

मकवानपुर । आज विश्वकर्मा पूजा । आजका दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरी मनाउँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ...