समाचार
नेकपा एकीकृत समाजवादी मकवानपुरको कार्यालय शुभारम्भ
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् । सोही उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य न्यौपानेले नेताहरुको...
सामूहिक आक्रमणबाट हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी घाइते
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठमाथि गएराति विरामीका आफन्तले आक्रमण गरेका छन् । आक्रमणबाट श्रेष्ठ घाइते भएको अस्पतालले जानकारी दिएको छ । गएराति दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । विरामीलाई इमर्जेन्सी कक्षसम्म पुर्याउन स्टेचर नभएको भन्दै...
क–कसले पाउने भए प्रेस काउन्सिलको पुरस्कार ?
काठमाडौँ । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरु र यस बर्ष पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरिएको छ । काउन्सिलले एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’लाई प्रदान गर्ने...
नेकपा एमाले जिल्ला सचिवालय सदस्य मोक्तानद्वारा खेलकुद सामग्री सहयोग
मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् । मोक्तानले हेटौंडा–१५ का रातोमाटे टोल...
हतारमा विद्यालय संचालन नगर्न सरकारको निर्देशन
काठमाडौं । सरकारले हतारको विद्यालय संचालन नगर्न निर्देशन दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारबालसँग छलफल गर्दै विद्यालय नखोल्न निर्देशन दिएको हो । छलफलमा विद्यालय खोल्ने/नखोल्ने भन्ने बारे त्यहाँका स्थानीय तहले निर्धारण गर्ने मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद...
संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपी लोकबहादुरका भाई पनि पक्राउ
संखुवासभा । जिल्लाको मादी नगरपालिका वडा नं १ स्थित उम्लिङ्मा ६ जनाको सामूहिक हत्या भएको घटनाका आरोपी २५ बर्षीय लोकबहादुरका भाईलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । आरोपी लोकबहादुरले हत्या आफैँले गरेको स्वीकार गरिसकेको अवस्थामा प्रहरीले उनका भाइलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएपछि घटनामा ट्वीस्ट...
जिसस सदस्यको निधनमा शुक्लाफाँट नगरपालिकाद्वारा सार्वजनिक विदा दिने निर्णय
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँट नगरपालिकाले जिल्ला समन्वय समिति सदस्यको निधनमा आज सार्वजनिक विदा दिएको छ । नगरपालिकाको ५ नं वडा सदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय समिति सदस्य बनेका बलराम पन्तको निधनमा आज नगरपालिकाले सार्वजनिक विदा दिएको हो । शोक दिवस मनाउने प्रयोजनका लागि नगरपालिका मातहतका कार्यालय र शैक्षिक...
हात्ती लखेट्न गएका मकवानपुरका तामाङको करेन्ट लागेर मृत्यु
मकवानपुर । मकवानपुरमा जंगली हात्ती लखेट्न जाँदा स्थानीयले राखिएको तारमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ६ बस्ने ३४ वर्षीय रामलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार राति खेतमा जंगली हात्ती आएर खेतमा बाली खान...
बागमती प्रदेशमा ३२ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
मकवानपुर । बागमती प्रदेशमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संंख्या १८ लाख ७० हजार ७ सय पुगेको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्क अनुसार हालसम्म खोप लगाउन सकिने जनसंख्याको ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएका हुन् । बागमतीमा तीन लाख ४७ हजार १ सय १ ले कोभिसिल्ड, ११ लाख...
नागरिक समाज र हेटौंडा अस्पतालका पदाधिकारीबीच छलफल
मकवानपुर । नागरिक समाज मञ्च मकवानपुर र हेटौंडा अस्पताल पदाधिकारीबीच बुधबार छलफल भएको छ । अस्पतालको विषयमा नजिकबाट गरिएको निगरानीपश्चात देखिएको समस्याहरुको बारेमा छलफल भएको थियो । छलफलको क्रममा हेटौंडा अस्पतालमा एम्बुलेन्सको समस्याका साथै फोन नठाउने, टिक काउन्टरमा भिडभाड, अस्पतालका डाक्टरहरु निजी क्लिनीकमा भेटिने, बीमाका निःशुल्क पाउने औषधी पनि...










