समाचार

जँगली बदेललाई थापेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ । जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर ३ निवासी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । विद्युतीय पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले...

यस्तो हुनेछ आज मौसम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाइएको छ । महाशाखाका अनुसार, बागमती प्रदेशका थोरै स्थान तथा प्रदेश नम्वर १ र २ का एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा...

पूर्वी चितवनमा एक पुरुषको हत्या, ठकुरी पक्राउ

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्वर ९ स्थित शितल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लामाको हत्यामा संगल्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक...

निवर्तमान मुख्यमन्त्री पौडेलद्वारा हेटौंडामा सम्पर्क कार्यालय उद्घाटन

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य डोरमणि पौडेलको सम्पर्क कार्यालय तथा सचिवालयलको उद्घाटन भएको छ । नेकपा एमाले बागमती प्रदेशका सहइन्चार्जसमेतर रहेका पौडेलले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित थाहाचोकमा सम्पर्क कार्यालय तथा सचिवालयको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बोल्दै उनले जनतालाई...

हेटौंडाको दुई वडामा अभिमुखीकरण कार्यक्रम संचालन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको दुई वटा वडामा उपभोक्ता सचेतना अभिमुखीकरण कार्यक्रम संचालन भएको छ ।उपमहानगरपालिकाको आयोजनामा उपभोक्ता सचेतना अभिमुखिकरण कार्यक्रम संचालन भएको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ र वडा नम्वर १९ मा संचालन भएको हो । कार्यक्रममा सामाजिक विकास महाशाखाका प्रमुख लामिछाने र उपभोक्ता हित संरक्षण...

हेटौंडा–१७ मा ९८ जना नेकपा एमालेमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का ९८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आज (शुक्रबार) एमाले हेटौंडा–१७ नम्वर वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा चियापन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ९८ जना एमालेमा प्रवेश गरेका हुन् । नेकपा माओवादी, नेपाली काँग्रेस, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी...

अर्को साता मन्त्रिपरिषद् विस्तार हुने, एकीकृत समाजवादीबाट मकवानपुरका खतिवडा मन्त्री बन्दै

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को सातासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बुझिएको छ । नयाँ सरकार गठन भएको करिब दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको देउवाले अर्को सातासम्ममा मन्त्रिमण्डल विस्तार गर्ने माधव नेपालले संकेत गरेका छन् । शुक्रबार नयाँ बानेश्वरमा पार्टी केन्द्रीय...

मनहरीको प्रजा आधारभूत विद्यालयमा चित्रकला कार्यक्रम सम्पन्न

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ स्थित एक विद्यालयमा चित्रकला कार्यक्रम सम्पन्न भएको छ । चित्रकला कार्यक्रम आज (शुक्रबार) कोर ईन्टरनेशनल क्यानडा को सहयोग तथा हिमराइटस मकवानपुरको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम मनहरी गाउँपालिका वडा नम्वर ३ स्थित श्री प्रजा आधारभूत विद्यालयमा सम्पन्न भएको हो ।...

मकवानपुरमा थप ३० जना कोरोना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा होम आइसोलेशनमा बसेका २७ जना र संस्थागत आइसोलेशनमा...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

धनुषा । धनुषा र नवलपरासीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका नरहाका ३० वर्षीय रुपेश यादव र नवलपरासीको सुनवल नगरपालिका–४ रमवापुर बस्ने २७ वर्षीय विष्णु चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा पूर्वबाट...