मनहरीको प्रजा आधारभूत विद्यालयमा चित्रकला कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०७८ आश्विन १, शुक्रबार १७:१७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ स्थित एक विद्यालयमा चित्रकला कार्यक्रम सम्पन्न भएको छ । चित्रकला कार्यक्रम आज (शुक्रबार) कोर ईन्टरनेशनल क्यानडा को सहयोग तथा हिमराइटस मकवानपुरको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम मनहरी गाउँपालिका वडा नम्वर ३ स्थित श्री प्रजा आधारभूत विद्यालयमा सम्पन्न भएको हो ।

सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिम र मावन बेचबिखनबाट बच्न अपनाउनुपर्ने उपायहरुसम्बन्धी चित्रकला कार्यक्रमको आयोजना गरिएको हिमराइटस मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले जानकारी दिईन् ।

उनका अनुसार, बालबालिकाहरुलाई कोरोना महामारीबाट बच्ने उपाय र मानव बेचबिखनबाट बच्न अवधारणागत प्रष्ट पार्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । बालबालिकाहरुले कोरोनाबाट  परेको प्रभाव र यसबाट बच्ने उपाय बारे चित्रकलाको माध्यमबाट उतारेको हो । हिमराइटस मकवानपुरले सो विद्यालयमा अध्ययनर सीमान्तकृत समुदायका २७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्दै हिमराइटु मकवानपुरकी संयोजक वाईबाले बताइन् ।