हेटौंडा–१७ मा ९८ जना नेकपा एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७८ आश्विन १, शुक्रबार १७:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का ९८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आज (शुक्रबार) एमाले हेटौंडा–१७ नम्वर वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा चियापन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ९८ जना एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी, नेपाली काँग्रेस, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले टिका र खाता लगाएर पार्टीमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले यस क्षेत्रको विकासको लागि आफु निरन्तर लागिपरिरहेको बताउँदै आगामी दिनमा पनि विकासकै कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले चुच्चेखोलाबाट राजदेवि क्षेत्रमा वर्षेनी धेरै बजेट विनियोजन गरेको बताउँदै आफु निर्वाचित हुनुभन्दा अघिको विकासभन्दा अहिले विकासले फड्को मारेको बताए ।

उनले भने,‘यस क्षेत्रको धेरै पुरानो सडक भएपनि आफु निवार्चित भएर आउनु भन्दा पहिले यस क्षेत्रमा पीच देख्नै समस्या थियो । तर, अहिले आसपाल पिच, सडकमा स्लाब ढलान लगायतका धेरै काम गरिएको छ ।’ उनले फेरी पनि राजदेविको मुल सडक पक्की निर्माण गर्नका लागि ४० देखि ५० लाख रुपैयाँसम्म बजेट खर्च गरिने बताए । पुरानो वस्ती भएपनि सबैको ओझेलमा परेकाले यसलाई ध्यान दिएर काम गरिएको बताए ।