यस्तो हुनेछ आज मौसम

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार ०९:३०
file-photo

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाइएको छ । महाशाखाका अनुसार, बागमती प्रदेशका थोरै स्थान तथा प्रदेश नम्वर १ र २ का एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ रहेको छ भने आज राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। हाल भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालको मौसममा रहेको महाशाखाले जनाएको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको पनि जनाइएको छ ।

बिहानै बस दुर्घटना, १८ जना घाइते
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा आज (शनिवार) बिहान यात्रुबाहक बस दुर्घटना भएको छ । बिहान काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस उक्त स्थानमा अनियन्त्रित भई सडकको सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । सो बसमा ३१ जना यात्रु सवार थिए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।