मकवानपुरकी माझी मृत अवस्था फेला
मकवानपुर । मकवानपुरको बकैयामा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । गएराति बकैया गाउँपालिका वडा नम्वर ५ की ५५ वर्षीया जसमायाँ माझी आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, माझी आफु सुत्ने कोठाको निदालमा नाम्लोको पास लगाई झुण्डीएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको बारेमा परिवारले बिहान साढे ६ बजेको समयमा प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाको विषयमाआवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
पिपुल्स भोलेन्टियरका काठमाडौँ जिल्ला अध्यक्ष बुढाथोकी पक्राउ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा नेता पक्राउ परेका छन् । रुकुमको सिस्ने गाउँपालिका–५ घर भएका अर्जुन बुढाथोकी बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको धापासीबाट पक्राउ गरेको हो । उनी नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौँका जिल्ला अध्यक्षसमेत हुन् । उनीमाथि ८० लाखको चेक बाउन्स गरेको भनि उजुरु परेको प्रहरीले जनाएको छ । खातामा पर्याप्त पैसा नभएको चेक दिएकोबारे अदालतबाट म्याद लिएर काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ ।
