समाचार
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा रायमाझी
मकवानपुर । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा जयराम रायमाझी चयन भएको छ । महासंघको सोमबार बसेको भेलाले रायमाझीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी गटन गरेको छ । समितिको उपाध्यक्षमा श्याम सुन्दर महतो, बाल कुमारी ढकाल, सरस्वती लामा (घलान), सचिव अशोक राखाल, कोषाध्यक्ष बिन्दा...
संखुवासभा हत्या प्रकरणमा थप ४ जना पक्राउ
काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यसअघि उक्त घटनामा संलग्नको आरोपमा छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका लोकबहादुरको बयानका आधारमा थप ४ जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा लोकबहादुरका बुवा रणबहादुर...
माओवादीले अवसर पाउँदा जनपक्षीय काम गरेको मोक्तानको दाबी
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले देशमा सुशासन, समृद्धि र विकास माओवादीबाट मात्रै सम्भव रहेको बताएकी छन् । नेकपा माओवादी इन्द्रसरोवर गाउँपालिकाको कार्यालय उद्घाटन तथा विस्तारित बैठकमा बोल्दै उनले नेपाली जनताको हितका लागिे आफ्नो पार्टी सदैव लडिरहेका बताइन् । माओवादीले अवसर पाउँदा...
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बैस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बस्ने भएको हो । सो बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिने जनाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन...
आजदेखि १८ वर्षभन्दा माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौं । आजदेखि देशभर कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको पहिलो डोज खोप लगाइने भएको छ । देशभरका विभिन्न जिल्लामा आजदेखि ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।मन्त्रालयद्वारा सूचना जारी गर्दै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका...
आजबाट नयाँ नोट वितरण सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (सोमबार) बाट नयाँ नोट वितरण सुरु गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार, बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा...
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भाजना रहेको जनाएको छ । साथै हाल वर्षा तथा गण्डकी र सुदूरपश्चिम प्रहेको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाले हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम...
नारी संरक्षण केन्द्रद्वारा सहयोगीलाई सम्मान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित नारी संरक्षण केन्द्रले सहयोगी संघसंस्थाहरुलाई सम्मान गरेको छ । बेचबिखनमा परेका तथा विपन्न परिवारका बालबालिकाको संरक्षण गर्दै आएको संस्थाले आफ्नो २० औं साधारणसभाको अवसरमा आइतबार सहयोगी संघसंस्थालाई सम्मान गरेको हो । कार्यक्रम संस्थाका उपाध्यक्ष भिष्मराज सापकोटाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर...
एकीकृत समाजवादीको अखिलद्वारा हेटौंडामा दीप प्रज्वलन
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले संविधान दिवसका अवसरमा आइतबार दीप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, शितलमहल चोकमा भएको हो । एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पार्टी उपाध्यक्ष मीनाकुमारी लामा, अनेरास्ववीयूका केन्द्रीय स्थायी कमिटीका सदस्य...
मकवानपुरमा कार्यरत क्रियाशील अग्रज जनजाति पत्रकारलाई सम्मान गरिने
मकवानपुर । मकवानपुरमा क्रियाशील अग्रज आदिवासी जनजाति पत्रकारलाई सम्मान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाको आइतबार हेटौंडामा बसेको बैठकले सो निर्णय गरेको हो । फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगयरको अध्यक्षतामा बसेको बैठकले आदिवासी जनजाति पत्रकारहरुलाई प्रोत्साहित गर्न कोष स्थापना गरेर नियमित सम्मान...










