समाचार
देशैभर थपिए ७३४ कोरोना संक्रमित, भए १४१३ संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७ हजार ३...
कांग्रेस बकैयाद्वारा नवनिर्वाचित वडा सभापतिलाई सम्मान
मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालिकाले कांग्रेसको १४ औं महाधिबशेनको लागि भएको वडा अधिबेशनबाट नवनिर्वाचित वडा सभापतिहरु तथा पुराना नेताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ । कांग्रेस बकैया गाउँपालिकाले १२ वटा वडाका नवनिर्वाचित वडा सभापतिहरु तथा बकैयाका पुराना नेताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रम कांग्रेस...
एक हप्ताभित्र सरकारमा जाने माधव नेपालको घोषणा
पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु आगामी एक हप्ताभित्र सरकारमा जाने घोषणा गरेका छन् । संविधान दिवसको अवसमा आइतबार पोखरामा आयोजित लोकतन्त्र तथा संविधान रक्षाको निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुराको घोषणा गरेका हुन् । उनले...
हेटौंडाबाट ७ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट जुवा खेलरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइना क्वाटरबाट जुवा खेलिरहेको अवस्थामा घरधनिसहित सात जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का ३७ वर्षीय राकेश केसी (घर धनि),...
संविधान दिवसको कार्यक्रम : किन आएनन् सभामुख र उपसभामुख ?
मकवानपुर । बागमती प्रदेश सरकारले छैठौँ संविधान दिवसको अवसर पारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । तामझामका साथ आयोजना गरिएको सो कार्यक्रम विगतमा भन्दा यसबर्ष अलिक फरक देखियो । प्रदेश प्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सरकारका मन्त्री तथा राज्यमन्त्रीहरु, सांसदहरु विभिन्न मन्त्रालयका...
तु खबरका सम्पादक अधिकारी जनसेवा श्रीबाट विभूषित हुने
मकवानपुर । सरकारले पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको छ । गृह मन्त्रालयले संविधान दिवस २०७८ को अवसर पारी विभिन्न क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गरिने उल्लेख गरेको छ...
नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बस्ने भएकोृ छ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बैठकमा आगामी असोज १५ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ...
संविधान दिवसको अवसरमा संगीत थेरापी कार्यक्रम
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज (आइतबार) हेटौंडामा संगीत थेरापी कार्यक्रम संचालन गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयले संविधान दिवस २०७८ को अवसरमा हेटौंडामा संगीत थेरापी कार्यक्रम संचालन गर्ने भएको हो । कार्यक्रम दिउँसो ३ बजेको समयमा हेटौंडाको बुद्धचोकमा हुनेछ । विभिन्न समस्याका कारण तनाबको अवस्था...
एकीकृत समाजवादीको पालिका स्तरीय कमिटी गठन सुरु
मकवानपुर । मकवानपुरमा नेकपा एकीकृत समाजवादी पार्टीको पालिका स्तरमा कमिटी गठन सुरु भएको छ । शनिबार मकवानपुरको बागमती गाउँपालिकामा भएको भेलाले पालिकास्तरीय कमिटी गठन गरेको हो । भेलाले एकीकृत समाजवादी बागमती गाउँपालिकाका अध्यक्षमा धनपति तिमल्सिना चयन गरेको छ । भेलाले तिमल्सिनाको संयोजकत्वमा २५ सदस्यीय पालिका कमिटी गठन गरेको हो...
युवा संघ हेटौंडा–८ को अध्यक्षमा थापा
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को अध्यक्षमा बिहाल थापा चयन भएका छन् । शनिबार भएको वडास्तरीय भेलाले थापाको संयोजकत्वमा ५५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा विमान सिंह रुम्बा, राम राज सुवेदी, उमेश तामाङ, सचिवमा कृष्ण केसी, सह–सचिव...










