देशैभर थपिए ७३४ कोरोना संक्रमित, भए १४१३ संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ आश्विन ३,आईतवार १६:४८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५६ र दुई हजार ७ सय ९ जनाको एन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५ सय ६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९ सय ८६ जना पुगेको छ । कूल संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ४० जना कोरोना संक्रमितको मृतयु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४१३ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २२ हजार ८६४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ४४९ संक्रमित छन् भने ३९० जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३६० जनाले कोरोना विरुद्धको खोप लगाउका छन्।

मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि
कवानपुर । मकवानपुरमा आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार जिल्लामा ४६ जनाको कोरोना जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, मकवानपुरको आजको कोरोना संक्रमित दर २१ प्रतिशत रहेको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १५ हजार १ सय २० जना पुगेको छ ।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका १ जना कोरोना मुक्त भएका हुन् । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ७ सय १४ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १६४ जनाको निधन भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।