समाचार

हेटौंडामा भैरव अर्यालको जन्मजयन्ती मनाईयो

मकवानपुर । वरिष्ठ हास्य कलाकार भैरव अर्यालको जन्मजयती हेटौंडामा मनाइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पुस्पलाल स्मृति पार्कस्थित स्वर्गीय भैरव अर्यालको सालिकमा माल्यापर्ण गर्नुका साथै मकवानपुरका साहित्यकारहरुले रचना वाचन गरेर अर्यालको जन्मजयन्ती मनाएको हो । कार्यक्रम सिस्नुपानी नेपाल मकवानपुरका उपाधयक्ष राजकुमार लामिछानेको सभाध्यक्षता तथा साहित्य संगम मकवानपुरका...

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

गुल्मी । अविरल बर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीका एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी...

मुख्यमन्त्री शाक्यद्वारा अक्सिजन प्यान्ट उद्घाटन

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बागमती प्रदेश सरकारको सहयोगमा जडान गरिएको पिसिआर मेसिन र अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य तथा पिसिआर मेसिनको प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले मंगलवार उद्घाटन गरेका हुन् । पहिलो कोरोना संक्रमणको लहरका बेला पूर्वी चितवनका...

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई सरकारले फिर्ता बोलाउने निर्णय गरको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको निर्णयसंगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् । हाल भारतमा...

एमाले नेता गोलेसहित २४ जना कांग्रेसमा प्रवेश

मकवानपुर । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बागमती गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष पदका उम्मेदवार हर्कबहादुर गोलेसहित विभिन्न पार्टी परित्याग गरी २४ जना कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बागमती गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा पार्टी सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता...

मकवानपुरमा १०७ जनाको परीक्षण गर्दा १८ जना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १०७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा ८९ जनाको पीसीआर र १८ जनाको एन्टीजेन परीक्षण गर्दा...

पत्रकार श्रेष्ठको माताको निधनप्रति फोटो पत्रकार समूहद्वारा शोक व्यक्त

मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) मकवानपुरले कार्यसमिति सदस्य मीना श्रेष्ठकी ममतामयी माताकोे निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । समूह मकवानपुरका सचिव बलराम पुडासैनीले मंगलबार शोक वक्तव्य जारी गर्दै श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै दुःखको घडीमा परिवारजनमा समवेदना प्रकट गरेका छन् । श्रेष्ठकी माता मनकुमारी श्रेष्ठको...

नगर सभापति भएपछि कांग्रेसको भातृ एवम् सुभेच्छुक संगठन बलियो बनाउँछु – उत्सव इटेनी

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । यस अघि भदौ २७ गतेका लागि तय भएको स्थानीय नगर/पालिकाको अधिवेशन आगामी भदौ असोज ९ गतेका लागि सारिएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा कांग्रेस नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । कांग्रेसको राजनीतिमा...

पछिल्लो २४ घण्टामा भए १८३० कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६ सय २६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा...

एमाले नेता मोक्तानद्वारा खेलकुद सामग्री सहयोग

मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् । मोक्तानले हेटौंडा–१५ का सानोसुकौली टोल...