हेटौंडामा भैरव अर्यालको जन्मजयन्ती मनाईयो

तु खबर संवाददाता
२०७८ आश्विन ६,बुधबार ०८:०६

मकवानपुर । वरिष्ठ हास्य कलाकार भैरव अर्यालको जन्मजयती हेटौंडामा मनाइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पुस्पलाल स्मृति पार्कस्थित स्वर्गीय भैरव अर्यालको सालिकमा माल्यापर्ण गर्नुका साथै मकवानपुरका साहित्यकारहरुले रचना वाचन गरेर अर्यालको जन्मजयन्ती मनाएको हो ।

कार्यक्रम सिस्नुपानी नेपाल मकवानपुरका उपाधयक्ष राजकुमार लामिछानेको सभाध्यक्षता तथा साहित्य संगम मकवानपुरका अध्क्ष निमेष निखिलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा साहित्यकारहरु मुक्तिगोविन्द वैद्य, पुरुषोत्तम आचार्य, अनिता न्यौपाने र देवराज खरेललगायतको उपस्थिति रहेको थियो । वि.सं. १९९३ सालमा जन्मिएका अर्यालको २०३३ सालमा निधन भएको थियो । अल्पायुमै अर्यालले हाँस्यङ्ग्य साहित्यका उल्लखनीय योगदान गरेका छन् । अर्यालका ‘काउकुनी’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘कारिन्दाको दिनचर्या’ लोकप्रिय कृतिहरु प्रकाशित छन् ।