समाचार
बुद्ध एयरको एटीआर–७२ को पाइलटलाई प्रतिबन्ध
काठमाडौं । बुद्ध एयरको एटीआर–७२ विमानका क्याप्टेनसहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज अवतरण गराउने जहाजका क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको हो । अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि...
हङकङ पठाउन लागेको चरेससहित एक जना पक्राउ
काठमाडौं । हङकङ पठाउन लागेको लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुरको मिनभवनबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउ परेकाको भने नाम, थर नखुलेको प्रहरीले जनाएको छ । उनीबाट...
मकवानपुरमा आज ४१३ जनाको कोरोना परीक्षण गर्दा ४ जना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, ४७ जनाकोे पीसीआर परीक्षण गर्दा १ जनामा र ३६६ जनाको...
माक्स नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक
काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा माक्स नलगाएका यात्रुलाई चढ्न रोक लगाइने भएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको जनाइएको छ । कोभिड–१९ संक्रमणको...
एमालेको विधान महाधिवेशनको तयारी पुरा
काठमाडौँ । नेकपा एमालेको भोलिबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको जनाइएको छ । बिहिबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी शुक्रबार दिउँसो १२ः१५ बजे हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने जानकारी दिएको छ । ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै...
रोहिंग्या शरणार्थीको गोली हानी हत्या
ढाका । बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ । म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको क्याम्पमा बुधबार साँझ चार/पाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहलाई गोली हानेका थिए । समाचार संस्था एपएफपीका अनुसार क्याम्पमा रहेको आफ्नो अफिसबाहिर अरू शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि...
खाडी मुलुक र थाइल्याण्ड जान नेपालीले २५० डलर बोके पुग्ने
काठमाडौँ । पर्यटक भिसामा खाडि मुलुक सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो । ती मुलुकमा जाने व्यक्तिको हकमा अब २ सय ५० अमेरिकी डलर वा...
आज फेरी घट्यो नेप्से परिसूचक, ३ अर्ब ७० करोडमाथिको कारोबार
काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक फेरी घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा कायम भएको छ । यसअघि लगातमर ओरालो लागेको नेप्से बुधबार ५० अंकले सुधार आएको थियो । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको...
हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह
अफगानिस्तान । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् । यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर...
राष्ट्रियसभाको बैठक सोमबारको लागि सर्यो
मकवानपुर । आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सोमबारको लागि सारिएको छ । संसद सचिवालयले विज्ञप्ति जारी गर्दै १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारिएको जनाएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा बैठक सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।...










