एमालेको विधान महाधिवेशनको तयारी पुरा

तु खबर संवाददाता
२०७८ आश्विन १४,बिहीबार १५:४३

काठमाडौँ । नेकपा एमालेको भोलिबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको जनाइएको छ । बिहिबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी शुक्रबार दिउँसो १२ः१५ बजे हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने जानकारी दिएको छ ।

ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ। सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ। शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।