राष्ट्रियसभाको बैठक सोमबारको लागि सर्यो
मकवानपुर । आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सोमबारको लागि सारिएको छ । संसद सचिवालयले विज्ञप्ति जारी गर्दै १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारिएको जनाएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा बैठक सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।
संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । बिहिबारको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको छ । एमालेले सभामुख सापकोटाको राजीनामा माग गर्दै बैठकमा अवरोध गरेको हो । बैठक बस्नुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा समेत एमाले अनुपस्थित थियो ।
