समाचार

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

स्याङ्जा । स्याङजामा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग १ त ३१६८ नंको ट्याक्टरको ठक्कले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीया माया विक रहेका छन् । प्रहरीका अनुसार, विक ट्याक्टरको ठक्करबाट गम्भीर घाइते...

आज यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा आज भारतको झार खण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ भने, हाल मनसुन न्यून...

मोक्तानद्वारा विभिन्न टोल विकास संस्थालाई खेलकुद सामग्री सहयोग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपलिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई नेकपा एमाले जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बिहिबार हेटौंडा–१५ का खुसी टोल विकास संस्था र हाम्रो समृद्धि टोल विकास संस्थाका युवा खेलाडीहरुलाई...

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा निःशुल्क सिमकार्ड

काठमाडौं । आज (शुक्रबार) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । उक्त निःशुल्क सिमकार्ड यही आगामी असोज २५ गतेसम्म मात्र पाइने जनाइएको छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ...

न्यादी हाइड्रोपावरको आईपीओ कति कित्ता भर्ने ?

काठमाडौँ । सर्वसाधारणको लागि आजबाट न्यादी हाइड्रोपावर लिमिटेडले सेयर बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् १ लाख...

बागमतीमा सार्वजानिक यातायातको भाडादर समायोजन हुने

मकवानपुर । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन हुने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली र प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक यातायातको भाडा समायोजन हुने जानकारी दिए । उनले यातायात भाडा समायोजनका लागि प्रदेश सरकारले कार्यदल...

एकेडेमी संचालनका लागि भएको सम्झौता रद्ध

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापासँग एकेडेमी संचालनका लागि गरेको सम्झौता रद्ध गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बिहिबार (हिजो) एक विज्ञप्ती जारी गर्दै सो बारेमा जानकारी गराएका हुन् । हेटौंडा नगर प्रमुख प्रशासकीय अधिकृत चौलागाईं र थापाबीच...

एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै

मकवानपुर । नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ । महाधिवेशन ललितपुरको गोदावरीमा हुने जनाइएको छ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो । विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ...

हेटौंडामा नागरिक सुनुवाई कार्यक्रम

मकवानपुर । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराले नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वडा प्रहरीले आज (बिहिबार) सामुदायिक प्रहरी उपकेन्द्र हेटौंडा–१० बसपार्कमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा–१० बसपार्कका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षता तथा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र...

हेटौंडामा निःशुल्क मुटुरोग शिविर संचालन हुँदै

मकवानपुर । हेटौंडामा आगामी असोज १६ गते निःशुल्क मुटुरोग शिविर संचालन हुने भएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालले आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो । सम्मेलनमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डण्ट डा. रामचन्द्र सापकोटाले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौंका...